
काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरु प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । घाइतेहरु आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा दुई दर्जन घाइते युवाहरु प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका थिए ।
देशमा सुशासन र शहीद परिवारको माग सम्बोधन गर्नु पर्ने लगायतका माग राख्दै घाइतेहरु सिंहदरबार पुगेका थिए । उनीहरुले वास्तविक जेनजी अस्पतालको बेडमा भएको र नक्कली जेनजीहरू आ-आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्दै छानबिन गर्नुपर्ने उनीहरूको माग छ ।
प्रधानमन्त्रीलाई भेट्न आएका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए । तर, केही समयपछि उनीहरूलाई प्रवेश दिइएको थियो ।