कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको मृत्यु भएको हो ।
कैलाली बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा आइतबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
डीएसपी टेकबहादुर जोराका अनुसार घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।