
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई सम्पूर्ण देशको आवश्यकता भएको बताएका छन् । आइतबार एमालेनिकट प्रेस चौतारीको आयोजनामा बिभिन्न संचार माध्यमका सम्पादकसंगको भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् ।
सो अवसरमा ओलीले सम्पादकलाई भने, ‘केही वर्ष पछि तपाईहरुले विशेष सम्पादकीय लेख्नु हुनेछ, केपी ओली फिर्ता आउनु भनेर ।’
ओलीले यो सरकार संबिधान अन्र्तगत नबनेको भन्दै बिरोध गरे । उनले अन्तरिम सरकारका प्रधानमन्त्री शुसिला कार्की आफ्नो सिफारिसमा नबनेको जिकिर गरे । उनले भने, शुसिला कार्की मेरो सिफारिसमा प्रधानमन्त्री बनेको भनेर झुट बोलियो । संबिधान र संसद चलाउनु हुँदैन भन्ने प्रस्ताव गरेको थिएँ । मैले शुसिला कार्कीलाई सिफारिस गरेको छैन ।’
सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले संसद कायम रहनु पर्ने जिकरि गरे ।