विपिन जोशीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख आर्थिक सहयोग गर्ने निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ । इसराइलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार मानविय दृष्टिले जोशीका परिवारलाई प्रदेश सरकारको तर्फबाट दुई लाख रुपैयाँ सहयोग प्रदान गरिने भएको हो।

२०७८ असोज २३ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई जनही दुई–दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकारका तर्फबाट मृतक सात जनाका परिवारलाई सहयोग प्रदान गरिसकेको र विपिनलाई असोज २७ गते मृत घोषित गरिएपछि उनको परिवारलाई पनि उक्त सहयोग प्रदान गरिने भएको हो।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा परि बेपत्ता भएका थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट बीएस्सी एग्रिकल्चर अध्ययन पूरा गरी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इजरायल इंटर्नशिपमा गएका थिए।

उक्त आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।