काठमाडौँ । इजरायलमा प्यालेस्टिनी हमास समूहको अपहरण गरी हत्या गरिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ । जोशीलाई महाकाली नदीको किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
विपिनको पार्थिव शरीरमा उनका ठूला बुबा रामदत्त र अम्बादत्त जोशी तथा पिता महानन्द जोशीले संयुक्त रूपमा दागबत्ती दिएका थिए ।
भीमदत्त नगरपालिकास्थित स्वर्गीय विपिनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
हमास समूहले विपिनको शव इजरायललाई बुझाएपछि उनको पार्थिव शरीर सोमबार नेपाल ल्याइएको हो ।