उर्जा मन्त्री घिसिङको ऐतिहासिक सफलता : लक्ष्मीपूजाको साँझ ‘१ हजार १५’ मेगावाट बिजुली निर्यात

दियोपोस्ट संवाददाता

 

काठमाडौँ । तिहारको उल्लासमय वातावरणमा देशभर सर्वाधिक विद्युतको माग भइरहँदा सेमत नेपालले १ हजार १५ मेगावाट बिजुली निर्यात गर्न सफल भएको छ । लक्ष्मीपूजाको साँझ देशभर १ हजार ६५० मेगावाट विद्युत् माग भइरहेका बेला नेपालले १ हजार १५ मेगावाट बिजुली निर्यात गर्न सफल भएको हो।

ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङका अनुसार, यो उपलब्धि नेपाल विद्युत् प्राधिकरणको दीर्घकालीन योजना, सन्तुलित ऊर्जा व्यवस्थापन र स्वदेशी स्रोतको अधिकतम उपयोगको परिणाम हो। मन्त्री घिसिङले भने, ‘हामीले अब ऊर्जामा आत्मनिर्भरता मात्र होइन, निर्यातमुखी अर्थतन्त्रतर्फको ऐतिहासिक पाइला चाल्न सफल भएका छौं।’

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहिसकेका मन्त्री घिसिङको दूरदृष्टि, दक्ष नेतृत्व र रणनीतिक ऊर्जा नीतिका कारण नेपालले उच्च मागको समयमा पनि देशभित्र पर्याप्त आपूर्ति सुनिश्चित गर्दै अतिरिक्त बिजुली निर्यात गर्न सक्षम भएको हो।

ऊर्जा मन्त्रालयका अनुसार, यो सफलता नेपालको ऊर्जा क्षेत्रको विश्वसनीयता र प्राविधिक क्षमता दुवैको प्रमाण हो, अब क्षेत्रीय विद्युत् बजारमा नेपालको स्थानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

नेपालले यस उपलब्धिसँगै “बिजुलीमा आत्मनिर्भर नेपाल” को दिशामा ठोस कदम चालेको छ।