पूर्वी नवलपरासीमा चक्कु प्रहार एक जनाको हत्या, ४ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमडौंः पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।

युवाहरूको एक समूहले धारिलो हतियार चक्कु प्रहार गर्दा सोही ठाउँका ३३ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वीले जनाएको छ ।