विद्यार्थी भिषामा आवेदन मिलाइदिने भन्दै ‘भिएफएस.ग्लोबल’ले ठगि गरेको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ठमेलस्थित छायाँ सेन्टरमा रहेको भि.एफ.एस.ग्लोबलले इटाली पढ्न जाने विद्यार्थीलाई ठगी गरेको आरोप लागेको छ । भिएफएस.ग्लोबलले विद्यार्थी भिषा आवेदन मिलाइदिने भन्दै लाखौ ठगि गरेको इटाली पढ्न जाने विद्यार्थीले आरोप लगाएका हुन् ।

इटालीसंग भिसाको सहजीकरण गरिदिने नाममा भिएफएस.ग्लोबलका कर्मचारीहरु एजेन्टसंग मिलेर भिसा अनलाइनमा मिलेमतो गरेको विद्यार्थीको आरोप छ । उनीहरुले प्रति विद्यार्थी पचास देखि सत्तरी हजारसम्म असुलेर भिसाको मिति मिलाई दिने गरेको बताए ।

भिएफएस.ग्लोबलको बदमासीका कारण अहिलेसम्म भिसाको आवेदन मिति समेत पाउन नसकेका उनीहरुले बताए । ‘इटालीमा अध्ययन गर्न जाने भनेर कलेज भर्ना भएँ । सम्पूर्ण कागजात तयार गरेर भिसा आवेदनका लागि पर्खीएको छु । तर अहिलेसम्म भिसा आवेदन नै खुलेको छैन,’ एक विद्यार्थीले बताए । उनले लामो समयदेखि आवेदन नखुल्दा मानसिक तनावमा रहेको बताए ।

विद्यार्थीले यस बिषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान बिभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र परराष्ट्र मन्त्रालयलगायतले समेत छानबिन गरि दोषीमाथि कानुनि कारबाहीको माग गरेका छन् ।

इटाली पढ्न जाने विद्यार्थीलाइ सरल र सहज रुपमा भिषाको आवेदन दर्ता गर्न पाउने व्यवस्था गरिदिन सम्बन्धित निकायसंग पिडित विद्यार्थीले माग गरेका छन् ।

 

सिफारिस