खगेन्द्र सुनार र गणपतिलालको नाम मन्त्रीको सूचीबाट हटाइयो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अन्तरिम सरकारमा मन्त्रीका लागि सिफारिस गरिएको खगेन्द्र सुनारको नाम हटाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सुनारको नाम सिफारिस गरेसंगै उनको बिवादित विगत तथ्यसहित बाहिरिए पछि उनको नाम हटाइएको हो ।

सामाजिक तथा दलित अभियन्ता खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीबाट हटाउने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको बिभिन्न मुद्धामा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा विचाराधीन रहेको तथ्य बाहिरिए पछि प्रधानमन्त्री कार्कीले सुनारको नाम हटाउन निर्देशन दिएको बताइएको छ ।

सचिवालयले सुनारको नाम विवादमा परेपछि उनको सिफारिस फिर्ता लिने निर्णय भएको बतायो । त्यससंगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको नाम समेत मन्त्रीको् सुचीबा हटाइएको सचिवालयले जनाएको छ । श्रेष्ठको नाम हटाउनुको कारण भने खुलाईको छैन ।

सुनार र श्रेष्ठको नाम हटाएपछि बाँकी दुई जना मन्त्रीहरूको शपथग्रहण तोकिएको समयमै हुने बताइएको छ । ती मन्त्रीको सपथ आजै दिउँसो साढे २ बजेका लागि तोकिएको छ ।

शपथ लिनेहरूमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता रहेका छन् ।

 

सिफारिस