अन्तरिम सरकार तेस्रो पटक बिस्तार, दुई मन्त्रीद्वारा शपथ ग्रहण

दियोपोस्ट संवाददाता

काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकार तेस्रो पटक बिस्तार भएको छ । आइतबार नयाँ दुई मन्त्री थपिएसंगै १० सदस्यीय मन्त्री परिषद बनेको हो ।

नवनियुक्त दुई मन्त्रीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्तालाई शपथ दिलाएका हुन् ।

प्रधानमन्त्री कार्कीले थप दुई जनालाई पनि मन्त्रीका लागि सिफारिस गरेकी थिइन्, तर अन्तिम समयमा ती नाम हटाएर दुई जनालाई मात्र सपथ गराइएको थियो । खगेन्द्र सुनारलाई श्रम मन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्रीका रूपमा सिफारिस गरिएको भए पनि उनीहरूको नाम हटाइएको थियो ।

शपथ पश्चात् मन्त्री शर्माले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताइन् भने मन्त्री गुप्ताले खेलकुद पूर्वाधार विस्तारमा जोड दिने प्रतिबद्धता जनाए ।