काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । देउवा आज राती करिव ९ बजे पत्नी आरजु राणासहित सिंगापुर जाने लागेका हुन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्डस्थित निवासमा देउवा दम्पत्तिमाथि भएको कुटपीटपछि उनी स्वस्थ्य उपचारमा थिए । उक्त घटनापछि सुरक्षाकर्मीहरुले उद्धार गरी देउवा र पत्नी आरजु राणालाई सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो । देउवाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।
आन्दोलनपछि सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका देउवा असोज २८ गते पार्टी कार्यालय सानेपामा उपस्थित भएका थिए । सोही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए ।