वैज्ञानिक समाजवादी पार्टीको ‘केद्रिय समिति’ बैठक भोलिदेखि लप्सीफेँदीमा सुरु हुने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय समिति ध्रुवीकरण बैठक बस्ने भएको छ । कार्तिक १२ गतेदेखि काठमाडौँको लप्सीफेँदीमा बैठक बस्न लागेको हो ।

पार्टीका केन्द्रिय कार्यालय सदस्य राजकुमार हिङमाङका अनुसार बैठक जेनजी बिद्रोह पश्चात महत्वपूर्ण प्रस्तावसहित बस्न लागेको हो । बैठकमा ‘समाजवादी’ कार्यक्रम समेत पास गर्ने र बिभिन्न क्रान्तिकारी पार्टीसंग ध्रुबीकररणका लागि महत्वपूर्ण निर्णय गरिने उनले जानकारी दिए ।

‘पार्टीको बैठक लामो समय पछि बस्न लागेको छ । बैठकमा बिभिन्न बिचार मिल्ने कम्युनिष्ट पार्टीसंग एकता गर्ने प्रस्ताव एजेण्डाको रुपमा अघि सारिने छ,’ एकता संसद बाहिर रहेका पर्टीसंग मात्र गरिने उनले प्रष्ट पारे ।

बैठकले कम्युनिष्ट आन्दोलनमा दुरगामी महत्व राख्ने खालको निर्णय गर्ने भएकाले बैठक ऐतिहासिक रहने हिङमाङले बताए ।

देशभरका करिब ७५ जना केन्द्रिय सदस्यको उपस्थिति रहने उक्त बैठक १२ देखि १५ गतेसम्म ४ दिनसम्म चल्ने बताइएको छ ।

 

सिफारिस