काठमाडौँ । उपचारका लागि सोमबार राति ‘ठमठम’ हिँड्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुग्दा भने ह्विलचियरमा देखिएका छन् । देउवा दम्पती सिंगापुर एअरपोर्टबाट ह्विलचियरमा बाहिरिएको तस्बिर भाइरल बने पछि ओलोचना सुरु भएको छ ।
सामाजिक सञ्जालमा प्रकाशित तस्बिर अनुसार देउवा र आरजु दुवैजना सिंगापुरको चांगी विमानस्थलमा ह्विलचियरमा बाहिरिएका थिए । सिंगापुर एयरलाइन्समार्फत प्रस्थान गरेका देउवाको ह्विलचियरसहितको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवा चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि सिंगापुर गएको जनाइएको छ। पार्टीले सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा कुटपिट भई घाइते भएका देउवा पत्नी डा.आरजु राणासहित सोमबार राती सिंगापुर प्रस्थान गरेका थिए ।