रुपन्देहीको गैडीहवामा ईभी गाडी दुर्घटना, ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

बुटवल । रुपन्देही गैडीहवामा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गंभिर घाइते भएका छन् ।

बुटबलबाट रुद्रपुरतर्फ जाँदै गरेको बा ०१-००६ ख ७७८२ नम्बरको यात्रुवाहक ईभी गाडी बुधबार राति करिब १०ः३० बजे गाडी  दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए ।

डीएसपी सापकोटाका अनुसार सालझण्डी र रुद्रपुर बीचको सडकमा गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कञ्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्।

उनीहरूको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गर्दा अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।

सिफारिस