करदाता प्रोत्साहन उपहार कार्यक्रमको कुपन कात्तिक १ गते खोलिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको उपहार कुपन कात्तिक १ गते खोल्ने भएको छ ।

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मका बिल उपहार कुपनमा सहभागी हुनेछन् । सरकारले यस कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा उपहार कुपन खोल्दै आएको छ ।

कार्यक्रममा हरेक दिन एक जनाले एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जित्ने व्यवस्था छ । सरकारले बिल माग्ने र दिने प्रवृत्ति प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको हो ।