एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो सिजनअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले हालसम्म एनपीएलको फाइनलमा स्थान बनाउन सकेको छैन । यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले भने लगातार दुई सिजन फाइनलमा स्थान बनाए पनि उपाधि जित्न सकेको छैन ।

यस सिजनको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०का अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनको आगमनले टोलीको प्रदर्शनमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस