
काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष गुरागाईंले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज राजीनामा पेस गरेका हुन्।
प्रदेश प्रमुख खापुङले गुरागाईंको राजीनामा २०८३ साल कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका छन् ।
गुरागाईंको कोशी प्रदेश लोक सेवा आयोगको परीक्षा सञ्चालन, कार्यविधि कार्यान्वयन तथा जनशक्ति परिचालनसम्बन्धी विषय चर्चामा आएको थियो उनीमाथि आयोगको परीक्षा प्रक्रियामा संलग्नता, पदाधिकारीले लिने अतिरिक्त सुविधा तथा खर्च व्यवस्थापनसम्बन्धी कार्यविधिका प्रावधानलाई लिएर प्रश्न उठाइएको थियो।
आयोगको परीक्षा सञ्चालन र कार्यविधिको कार्यान्वयनसम्बन्धी विषयमा उठेका प्रश्नका बीच गुरागाईंले पदबाट राजीनामा दिएका हुन्।