लगातार घटेको सुनको मुल्य फेरी बढ्यो, तोलाको ६९ हजार ८ सय

लगातार घटेको सुनको मुल्य फेरी बढ्यो, तोलाको ६९ हजार ८ सय

काठमाडौँ, असोज १५ । केही दिनदेखि लगातार घटिरहेको सुनको मुल्यमा पुन बृद्धी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५ पुगेको महासङ्घले जनाएको छ । रासस

Trending News