सल्यान्टारमा क्रिकेट प्रतियोगीता : खहरे क्रिकेट क्लबले चुम्यो उपाधी !

सल्यान्टारमा क्रिकेट प्रतियोगीता : खहरे क्रिकेट क्लबले चुम्यो उपाधी !

विनोद नेपाल


त्रिपुरासुन्दरी, १९ असोज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित वडा नम्बर २ मा पाँचौँ त्रिपुरा सुन्दरी कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीताबाट खहरे क्रिकेट क्लब विजयी भएको छ ।


सल्यान्टारको एक्लेबरमा सम्पन्न भएको उक्त प्रतियोगितामा ७ वटा टिम सहभागी भएको थियो । फाइनल खेल भने खहरे क्रिकेट क्लब र सल्यान्टार क्रिकेट क्लबबीच भएको थियो । १६ ओभरको खेलममा पहिलो ब्याटिङ गर्दै खहरे क्रिकेट क्लबका अशोक सापकोटा र राम बहादुर राना मगरको उत्कृष्ठ प्रदर्शनका कारण ८३ रनको योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको सल्यान्टार क्रिकेट क्लब १२ ओभर ३ बलमा ५२ रनमै समेटिएको थियो ।
बलिङका क्रममा खहरे क्रिकेट क्लबका राम बहादुर राना मगरले ३ विकेट लिएका थिए । प्रतियोगिताको उत्कृष्ठ बलर खहरे क्रिकेट क्लबका विवेक बस्नेत, उत्कृष्ठ ब्याट्सम्यान सल्यान्टार क्रिकेट क्लबका सुरज थपलिया बने । त्यस्तै फाइनल खेलका म्यान अफ दि म्याच भने खहरे क्रिकेट क्लबका राम बहादुर राना (राजु) घाेषीत भए ।


प्रत्येक वर्ष दशैंमा आयोजना गरिने यस्ता प्रतियोगिताले ग्रामिण स्तरमा क्रिकेट खेलको विकास गर्ने खहरे क्रिकेट क्लबका कप्तान ईश्वर अधिकारीले बताए ।

Trending News