प्रदेश प्रमुख कोइरालाद्धारा लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

Diyo post  

हेटौंडा,असोज २९ । प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरेकी छिन् ।

उनले प्रमाणीकरण गर्नुभएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिफारिस भई आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ बताए । रासस

सम्बन्धित खबर