धितोपत्र बजारमा झिनो सुधार

दियो पोस्ट  

काठमाडौं– साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै रह्यो । स्टकका अनुसार आज कूल १६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर रु १८ करोड २९ लाख ९४ हजार ९०५ मा खरीद बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर बढे भने चार उपसमूहको शेयर घटे । बैंकिङ ०.७५ अङ्कले बढ्दा जलविद्युत् ३.७९, फाइनान्स २.४४, निर्जीवन बीमा ३६.८६, माइक्रो फाइनान्स २.७१, जीवन बीमा १३.०७ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढ्यो । यसैगरी होटल १.८८, विकास बैंक १०.१३, उत्पादन २.६९ र अन्य उपसमूहको शेयर २.६ अङ्कले घटेको छ ।