गुण्डा नाइके वाघे पक्राउ

Diyo post  

१ कात्तिक, काठमाडौं । प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको महाशाखाका एक अधिकारीले जानकारी दिएका छन् । लामा जेबिएस डिपोका सञ्चालक हुन् । यसअघि पनि लामा विभिन अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए । 

बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ । उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर