काभानी एथ्लेटिको मड्रिड आउने तयारी

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १ । पेरिस सेन्ट जर्मनका स्ट्राइकर इडिसन कभानी स्पेनिस क्लबमा अनुबन्धित हुनका लागि तयार भएको बताइएको छ ।

पार्लेमो र नापोलिका पूर्व स्ट्राइकर कभानी स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आउनका लागि तयार भएको जनाइएको छ । यस सिजनको अन्त्यमा पीएसजीसँगको सम्झौता सकिएपछि कभानी एट्लेटिको मड्रिडमा आउने भएका हुन् ।

३२ वर्षीय कभानी पीएसजीसँगको सम्झौता सकिएसँगै एट्लेटिको आउनका लागि तयार भए पनि एट्लेटिकोका प्रशिक्षक डिएको सिमोनले पीएसजीसँग वार्ता गरेर मात्र प्रकृया अगाडि बढाउने बताएका छन् ।

कभानीले यस सिजन इन्ज्युरीका कारण धेरै खेलहरु गुमाएका छन् । उनले यस सिजनको १२ खेल मध्ये ८ खेल गुमाएका छन् ।
धेरै खेलहरु गुमाए पनि कभानीले यस सिजनको राम्रो सुरुवात गरेका थिए ।

उनले सिजनको शुरुवाति दुई खेलमा दुई गोल गरेका छन् । कभानी २०१३ मा नापोलिबाट पीएसजीमा अनुबन्धित भएका थिए ।