८१ कम्पनीको सेयर कारोबार यसकारण भयो रोक्का

दियो पोस्ट  

काठमाडौं, कार्तिक २ । वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

धितोपत्र विनियमावली २०७५ को विनियम १६ ९१–क० बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरुको कारोबार कार्तिक ३ गतेबाट लागू हुगे गरी स्थगित गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेप्सेको कारबाहीमा परेर कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी, र ११ वटा लघुवित्त कम्पनी छन्।

उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समुहका २ वटा कम्पनी कारबाहीमा परेका छन्।

उनीहरुले तिर्न बाँकी नवीकरण शुल्क बुझाएपछि कारोबार खुला गरिने पनि नेप्सेले विज्ञप्ती निकालेर जनाएको छ ।