पक्राउ पुर्जी जारी भएपछि अदालत पुगे नेकपा सांसद पार्वत गुरुङ

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ३ । सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ काठमाडौँ जिल्ला अदालत उपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएपछि उनिविरुद्ध जारि गरिएको पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यलय दोलखा पुगेपछि सांसद गुरुङ अदालत उपस्थित भएका हुन् ।

२०७४ को स्थानीय चुनावमा दोलखाकै वीरध्वज खड्कामाथि राजधानीको गौशलामा आक्रमण भएको थियो । सोही आक्रमणको जिम्मेवार गुरुङ रहेको भन्दै पीडितले उनिबिरुद्ध मुद्धा दायर गरेका थिए ।

एक बर्ष अघि नै पक्राउ पुर्जी जारी भएको भएतापनी सांसद गुरुङ भने राजनीतिक मुद्धा बताउँदै आएका छन् । गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वाचित सांसद् हुन्।