थाइल्याण्डमा नेपाली महिला भलिबल टोलीकाे लगातार दोस्रो जित

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ३ । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ ।

नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको हो ।

नेपालले युनिभर्सिटी टिमलाई २५–२१, २४–२६, २५–१६ र २५–१९ को सेटमा पराजित गर्यो ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले शुक्रबार स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा हराएको थियो ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

सिफारिस