ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं,कार्तिक ३ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई पक्राउ गरी थप कारवाहीका लागि आज जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

त्यसपछि फरार रहेकामध्ये काभ्रेपलाञ्चोकका लामालाई महाशाखाको टोलीले यही कात्तिक १ गते पक्राउ गरी आज कारवाहीलाई जिल्ला अदालतमा पेश गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए। रासस