लिभरपुलको जितको यात्रामा रोक, युनाइटेडसँग बराबरी

दियो पोस्ट  

एजेन्सी,इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ ।

युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १-१ गोलको बराबरी खेलेको हो ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले खेलको अन्तिम समयमा गोल गर्दै हार टारेको थियो । युनाइटेडका मार्कस रासफोर्डले ३६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दिलाए । मार्कसले डानियल जेम्सको पासमा गोल गरेका थिए । पहिलो हाफमै लिभरपुलका साडियो मानेले फर्काएको बराबरी गोललाई भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० को आधारमा मान्यता दिईएन ।

लिभरपुलले ८५ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका एडम लाल्लानाले बराबरी गोल फर्काए । एडमले एन्डी रोबर्टसनको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे । यस बराबरीसँगै लिभरपुलले नौ खेलबाट २५ अंक बनाएको छ । समान खेलबाट १० अंक बनाएको युनाइटेड १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ अंक छ ।

सम्बन्धित खबर