आर्सनल विरुद्द सेफिल्डको जित, आर्सनल पाँचौ स्थानमा

दियो पोस्ट  

ऐजेन्सी,इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाई एक शुन्यले स्तब्ध पारेको छ । गएराति भएको खेलमा आर्सनललाई हराउँदै सेफिल्ड अंक तालिकाको नबौ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा सेफिल्डको जितमा लेस मोउसेटको एकमात्र गोल निर्णायक बन्यो । खेलको ३० औं मिनेटमा सेफिल्डका लागि मोउसेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसो त आर्सनलले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन ।

उसका ७२ मिलियन पाउण्डमा अनुबन्ध भएका खेलाडी निकोलस पेपेले छ यार्डमा पाएको मौकालाई सदुपयो गर्न सकेनन् भने ग्रनीथ झाकाले पनि पाएको मौकालाई खेर फाले । प्रिमियर लिगमा बढुवा भएपछि सर्वाधिक ठुलो जित निकालेको सेफिल्डले रेलिगेसन जोनबाट चार अंकको दुरी बनाएको छ । यो हारले आर्सनललाई भने शिर्ष चार स्थानमा पुग्ने सुनौलो अवसर खेर गएको छ ।

पुरै खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको आर्सनलले पाएका मौकाको सदुपयोग गर्न नसक्दाल हार्नुपर्यो । यसअघि सेफिल्डले चेल्सी विरुद्ध पनि दुई गोलले पछि परेको अवस्थामा बराबरी गरेको थियो । यसका साथै लिभरपुलसँगपनि अन्तिम समयमा पराजित हुनुपरेको थियो ।

सिफारिस