नेप्सेमा आज सामान्य सुधार

दियोपोस्ट संवाददाता

काठमाडौं,कात्थिक ५ ।  आईतबार र सोमबार घटेको पुँजीबजारमा सोमबार सामान्य अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार परिसूचक २ दशमलव ४० अंकले बढेर १ हजार १ सय ३४ दशमलव ७९ अंकमा कायम भएको छ। 

मंगलबार १ सय ५५ वटा कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता सेयर ३ हजार २ सय ३५ पटक खरिदबिक्री हुँदा १६ करोड ५२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक शून्य दशमलव ५० अंकले बढेर २ सय ४८ दशमलव ४९ अंकमा कायम भएको छ। 

होटल समूह, वित्त समूह, निर्जीवन बिमा समूह, अन्य समूह र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः ७ दशमलव ९९, शून्य दशमलव ३, १७ दशमलव ७१, ३ दशमलव ४३ र ० दशमलव ०१ अंकले घटेको छ। 

त्यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त र जिवन बिमा कम्पनीको उपसुचक क्रमशः ४ दशमलव ४५, १ दशमलव ६२, १ दशमलव ३७, ९दशमलव ४५, १ दशमलव २७ र १९ दशमलव ०६ अंकले बढेको छ। 

कारोबार रकमका आधारमा नविल बैंक लिमिटेडको सबैभन्दा धेरै १ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै लक्ष्मी ईक्विटि फण्डका लगानीकर्ताले प्रतिकित्ता ५ दशलमव ३० प्रतिशले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा एभरेस्ट बैंक लिमिटेड कन्भर्टेबल प्रिफेरेन्सका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन्।

सम्बन्धित खबर