युट्युवबाट गीत हटाइपछि दुर्गेश थापा छुटे

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ५ । गायक दुर्गेश थापा रिहा भएका छन् ।

मंगलबार राजधानीको गोंगबुबाट पक्राउ परेक थापालाई युट्युबबाट विवादीत गीत हटाएपछि प्रहरीले छोडेको हो ।

महानगरिय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाइ पक्राउ गरेको थियो । महाशाखामा पुर्याएर प्रहरीले थापालाई गीतको विषयमा उजुरी परेको र तत्काल गीत हटाउन आग्रह गरेको थियो । प्रहरीको आग्रहअनुसार नै दुर्गेशले आफ्नो यूट्युब च्यानलबाट गीत हटाएपछि उनलाई प्रहरीले छोडेको हो ।

तिहारको संस्कृतीमाथि प्रहार गरेको भन्दै दुर्गेशमाथि जिल्ला प्रशासन कार्यलय काठमाडौँमा उजुरी परेको थियो ।