भिटेनलाई अभद्र व्यबहारको मुद्धा, अनुसन्धानका लागि ७ दिनको म्याद

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ७ । चर्चित र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई जिल्ला प्रशासन कार्यलय ललितपुरले अभद्र व्यवहार मुद्धामा ७ दिनको म्याद थप गरेको छ ।

पछिल्लो समय निकै चर्चा कमाएको गित ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लिल शब्दको प्रयोग र लागुऔषध सेवनमा प्रोत्साहित गरेको आरोपमा उनलाई बिहीबार झम्सिखेलबाट पक्राउ गरिएको थियो ।

गीतको बिषयमा सोधपुछ गर्दा अन ड्युटी प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोप समेत भिटेनमाथि लगाइएको छ । महानगरिय प्रहरी परिसर ललितपुरले भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप भइ आएको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस