इच्छाराज तामाङसहित २८ जना विरुद्ध ७५ जनाले दिए उजुरी, आजै ४५ जनाले उजुरी दिँदै !

diyopost.com
दियो पोस्ट  मंगलबार, आश्विन १९, २०७८ | १०:०४:०२

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् । तामाङसहित सबैलाई उनीहरुकै कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । उनीहरु पक्राउ परेपछि पीडितहरु मंगलबारदेखि नै थप उजुरी लिएर प्रहरीकहाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र सिभिल सहकारीले कति ठगी गरेको भन्ने पुष्टि हुन्छ ।

प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका अनुसार तामाङसहित २८ जना विरुद्ध सिआइबीमा उजुरी छ । प्रारम्भिक चरणमा ७५ जनाले उजुरी दिएका छन् । ४५ जनाले आज मंगलबार उजुरी दिने तयारी गरेका छन् । तामाङसहित २८ जना सहकारी सञ्चालकले २८ जना सञ्चालकहरुले २२ सय भन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ र सावाँ गायब पारेका छन् । पक्राउ परेका तामाङले आफूले पैसा तिर्ने बताएका छन् । उनलाई सम्पति सुद्धिकरणमा समेत छानबीन गर्ने सिआइबीको तयारी छ ।

सम्बन्धित खबर