काठमाडौं १ मा रवीन्द्र मिश्रले उछिने प्रकाशमानलाई

दियो पोस्ट  

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई उछिनेका छन्। पछिल्लो अपडेट अनुसार मिश्रले २४१३ मत ल्याउँदा कांग्रेसका सिंहको पक्षमा २१४० मत परेको छ।

यसअघि सुरुवाती अग्रता सिंहको थियो। मिश्रको अग्रतासँगै राप्रपाका तीन जना अघि लागेका छन्।

झापा ३ मा राजेन्द्र लिङ्देन, बाँके २ धवल शमसेर राणा र काठमाडौं १ मा मिश्रको अग्रता रहेको छ।

सिफारिस