उपेन्द्र यादवविरुद्ध सिके राउतको दोब्बर मतको अग्रता

दियोपोस्ट संवाददाता

सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका सिके साउतले फराकिले अग्रता बनाएका छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि दोब्बर मतको अग्रता बनाएका छन्।

अहिलेसम्म राउतले ११ हजार ६ सय ६९ मत ल्याउँदा एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याएका छन् ।

त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याएका छन् ।

राउतको गृह जिल्ला सप्तरी २ मा स्थानीय तह चुनावमा जनमत पार्टीले २ वटा स्थानीय तहमा जितेको थियो ।

सिफारिस