गठबन्धनको बैठक तुरुन्त बसेर छलफल गर्छौँं, अपेक्षा गरेको जस्तो भएनः प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो नतिजा नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचितपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताए । उनले भने, ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’

प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताए । यसअघि पनि ७५ वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

सम्बन्धित खबर