रिफ्रेसमेन्टका लागि सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड, र्‍याफ्टिङमा सरर…

दियो पोस्ट  

काठमाडौं । आम निर्वाचन सम्पन्न भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । बुधबार अध्यक्ष प्रचण्ड परिवार र पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् । निर्वाचनपछि उनी रिफ्रेसमेन्टका लागि त्यहाँ पुगेको बताइएको छ । बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका प्रचण्ड बिहीबारमात्रै फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रचण्डसँगै पूर्वसभामुख अग्नि सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका माधव सापकोटा, बागमती प्रदेश अध्यक्ष तथा सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा विजयी भएका सरल सहयात्री सुकुटेमा रहेका छन् । यस्तै प्रचण्डका छोरीहरु गंगा र रेणु छन् । त्यहाँ पुगेर प्रचण्ड र्‍याफ्टिङ सयर समेत गरेको तस्बिर सार्वजनिक भएको छ ।