काठमाडौँ । आज भन्दा ८ वर्ष अघि २०७४ सालमा माओवादी नेतृत्वलाई ‘खाओवादी’ भन्दै कडा आलोचना गरी माओवादी छाडेका गोपाल किराँती पूनः माओवाादीमा फर्किएका छन् । किराँतीले प्रचण्डसंग ३ बुँदे सहमति गर्दै पुरानै यात्रातर्फ फर्किने निर्णय गरेका हुन् ।
किराँतीले विगतमा प्रचण्ड नेतृत्वमाथि पार्टीलाई एमालेसँग अत्यधिक नजिक लगेको, पहिचानको एजेन्डा त्यागेको र माओवादी केन्द्रलाई ‘बहिनी संस्था’ बनाएको आरोप लगाएका थिए।
किराँती र अध्यक्ष दाहालबीच भएको ३ बुँदे सहमतिमा ‘देशमा उत्पन्न अभूतपूर्व राजनीतिक जोखिमको समयमा क्रान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण नै आजको आवश्यकता हो’ भन्ने उल्लेख गरिएको छ। साथै विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने सहमति पनि भएको छ।
त्यही असन्तुष्टिका कारण उनले माओवादी केन्द्र छाडेर देशभक्त समाजवादी मोर्चा स्थापना गरेका थिए ।
तर, हाल उनले ‘मूल माओवादी आन्दोलनको निरन्तरता र क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता’ महसुस गर्दै पुरानै पार्टीमा फर्किने निर्णय गरेका छन्। यससँगै गोपाल किराँती पुनः माओवादी केन्द्रको नेतृत्व र दिशामा सहभागी हुने भएका छन्।