
काठमाडौँ । कपिलवस्तुको शिवराजमा यौन दुर्व्यवहार गरेको आरोपमा एक अवकाश प्राप्त शिक्षक पकाउ परेका छ्न । घरमा पढाउन राखिएकी १५ बर्षिय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज नगरपालिका वडा नं.५ बस्ने शिवराज सुबेदि पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यलय चन्द्रौटाका अनुसार सुवेदीले घरमा श्रीमती नभएको अवस्थामा किशोरीलाई जर्बजस्ती करणी गरेका थिए ।
किशोरीले आफुमाथि यौन दुर्व्यवहार भएको भन्दै आइतबार दिउँसो वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन् । किशोरीको उजुरीका आधारमा आरोपी शिक्षकलाई आइतबार साँझ ५ बजे पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक सन्तोष घिमिरेले जानकारी दिए ।
आरोपी शिक्षक सुबेदीलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक घिमिरेले बताए ।
सुबेदिले साझ बिहान ट्यूसन पढाउने भन्दै गौमुखी गाउपालिका प्युठानकि १५ बर्षिय बालिकालाई १३ महिनादेखि घरमा देखि घरमा राखेका थिए ।
उनले जिल्लाकै विजयनगर गाउँपालिकामा रहेको एक बिद्यालयबाट दुई बर्ष अघि अवकाश लिएका थिए ।