जेन-जी आन्दोलनका क्रममा भएको ‘आगजनी’बारे अनुसन्धानको माग गर्दै दुई अदालतले दिए प्रहरीमा जाहेरी

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी बारे अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दर्ता गराएका हुन्।

अदालतका तर्फबाट जाहेरी प्राप्त भएलगत्तै घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।

अदालत परिसरमा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन खोजी कार्य सुरु गरिएको एसएसपी थापाले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा व्यापक क्षति पुगेको थियो। सो क्रममा अदालतका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए।