काठमाडौं। नेकपा माओवादी केन्द्रको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशन आयोजक समिति बैठकले पार्टी एकता अभियान सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
पार्टी नेता नारायणकाजी श्रेष्ठद्वारा प्रस्तुत एकताको एजेन्डा उपस्थित सदस्यहरूले ताली बजाएर समर्थन गरेका थिए।
श्रेष्ठले प्रस्तुत अवधारणामा पार्टी एकता केही व्यक्तिहरूलाई मात्र समेट्ने उद्देश्यका लागि नभई, जेन-जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माण र समाजवादको यात्रामा सहभागी गराउने उद्देश्य रहेको स्पष्ट गरे।
माओवादी केन्द्र संगठनात्मक रूपमा अझ सुदृढ हुँदै दीर्घकालीन राजनीतिक स्थायित्व र समाजवादी मुल्य–मान्यताको दिशामा अघि बढ्ने नेता श्रेष्ठले बताए ।