काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ दल र समूहबीच आज औपचारिक एकता घोषणा हुँदैछ । एकता घोषणा सभा आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ ।
एकतामा सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (विप्लव समूहबाट छुट्टिएको), नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी लगायत रहेका छन् ।
साथै, गोपाल किराँती पनि माओवादीसँग मिसिएर एकतामा सहभागी भएका छन् । एकतापछि नयाँ पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” राख्ने र चुनाव चिन्ह तारा प्रस्ताव गरिएको बताइएको छ ।
तर पार्टी एकतामा केही नेताको असहमती रहेको बताइएको छ । माओवादी केन्द्रका जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू असहमति जनाउँदै बाहिरिएका छन् । उता, एकीकृत समाजवादीका झलनाथ खनाल, घनश्याम भूसाल, र रामकुमारी झाँक्रीले पनि यो एकता प्रक्रियामा भाग नलिने घोषणा गरेका छन् ।