वैज्ञानिक समाजवादी पार्टीका ‘महासचिव’ आहुतिलाई मातृशोक

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वैज्ञानिक समाजवादी पार्टी (कम्युनिस्ट पार्टी) नेपालका महासचिव आहुतिलाई मातृशोक परेको छ। उनकी आमा कान्छी अछामीको आज बिहान ९० वर्षको उमेरमा निधन भएको हो।

पार्टी प्रवक्ता राजेश्वरी सु्बेदीका अनुसार अछामीको निधन काठमाडौंको नैकापस्थित निवासमै भएको हो। पार्थिव शरीरको आजै पशुपतिनाथस्थित विद्युतीय शवदागृहमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको उनले बताए ।

पार्टीले आज एक बिज्ञप्ती जारी गर्दै मृतक आमाको स्मरण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

अछामीका आहुती सहित तीन छोरा र दुई छोरी छन् ।

सिफारिस