पोखरा सहकारीमा ८९ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ

दियोपोस्ट संवाददाता

कास्की । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठुलो रकम हिनामिनाको घटना सार्वजनिक भएको छ । सो सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको आरोपमा कास्की प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी लगायत छन् ।

वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको समितिद्वारा गरिएको अध्ययनअनुसार संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा संकलित रकम व्यक्तिगत स्वार्थका लागि हिनामिना गरेको पाइएको हो ।

कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।