एमाले नेता पासाङ शेर्पा कारागार चलान, एक वर्ष कैद र पाँच हजार जरिवाना माग

दियोपोस्ट संवाददाता

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन् । अदालतले फैसला कार्यान्वयनका लागि शेर्पालाई बुधबार डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अदालतको पत्र बमोजिम शेर्पालाई डिल्लीबजार कारागारमा पठाइएको हो ।

शेर्पा मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए । अदालतले उनलाई बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको छ ।