नवलपरासी पश्चिम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका १३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापा पक्राउ परेका छन् । खड्काले आफ्नै श्रीमति ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा मंगलबार पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काले भिमकलालाई खुर्पा प्रहार गरि हत्या गरेका थिए ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।