एनसेल र मेटलाइफको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक योजना सुरु

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् ।

नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्ने बताइएको छ । जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ ।

दुई प्याकेजहरूमा पहिलोमा कर सहित रु. ९९ को प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो  प्याकमा १०० एमबी डेटा, रु. २,००,००० बराबरको म्यादी जीवन बीमा र रु. २,००,००० बराबरको घातक रोग बीमा पाउनुका साथै उक्त बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहने एनसेलले जनाएको छ ।

दोस्रोमा रु. ३९ को प्याक रहेको र उक्त प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, रु. ५० हजार बराबरको म्यादी जीवन बीमा र रु. ५० हजार बराबरको घातक रोग बीमा पाउने उल्लेख छ । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहने एनसेलले जनाएको छ ।

ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्ने बताइएको छ । यी प्याकहरु *१२३*४*६# डायल गरेर पनि लिन सकिने र प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुने उल्लेख छ । जस अन्र्तगत क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुने बताइएको छ ।

उक्त साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको र विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरुलाई यसले ठूलो महत्व राख्ने अपेक्षा गरिएको छ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फ महत्वपूर्ण यात्रा सुरु गरेको एनसेलले जनाएको छ ।

एनसेलले मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी खुशी ब्यक्त गरेको छ । यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता बोकेको एनसेलले जनाएको छ ।

आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु आफ्नो कार्यको केन्द्रबिन्दु भएको र ग्राहकको जीवनमा मुस्कान र सकारात्मकता ल्याउने एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उमङ्ग दत्तले जानकारी दिए ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, ‘मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौं । यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईं र तपाईंको परिवारलाई
दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।’

एनसेलको बारेमा एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । प्रत्येक नेपालीलाई आफ्ना सेवाहरुमार्फत जोड्दै कनेक्टिभीका लाभहरु प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आईरहेको छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्ताहरूलाई नविनतम र उत्कृष्टसेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ, जसले डिजिटल नेपालका आकांक्षाहरू हासिल गर्न योगदान पु¥याउनेछ लक्ष्य राखिएको छ ।

एनसेल आफ्नो दृढ प्रतिबद्धता र क्षमतासहित डिजिटल सेवा, नवप्रवर्तन, लगानी तथा जीवन सहज र समृद्धि बनाउने उदेश्यसहित सेवाहरूको विविधीकरणतर्फ अग्रसर रहेको बताइएको छ । जसले आम नेपालीहरूको जीवनलाई अझ समृद्ध बनाउने लक्ष्य राखिएको छ ।

डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहादअन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो । रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ ।

एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो । आफ्नो स्थापना पश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ ।

यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । यी पहलहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासलाई सहयोग पु¥याई रहेका छन् ।

 

सिफारिस