काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले बिहीबार राजधानी काठमाडौंमा बिशाल जनप्रदर्शन गरेको छ । सवैपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै नेकपाले प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा पुगेपछि उक्त र्याली प्रदर्शन सभामा रूपान्तरण भएको थियो । सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सभामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको वर्तमान राजनीतिक अवस्थाबारे र भविष्यका योजनासम्बन्धी पार्टीको धारणा सोही सार्वजनिक गरिने बताइएको छ ।
हालै विप्लवले आफ्नो पार्टीलाई कानूनी रूपमा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।