चिनियाँ ‘ईभी’ निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

दियोपोस्ट संवाददाता  

काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै १४.३ अर्ब हंगकंग डलर (करिब १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ।

कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको हो।

आइतबार जारी गरिएको स्टेटमेन्ट अनुसार चोंगकिंगमा अवस्थित र हुवाए टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार कम्पनी सेरेसले करिब १०८.६ लाख कित्ता शेयर प्रति शेयर १३१.५० हंगकंग डलरमा बिक्री गरेको बताएको छ।

यसमा अतिरिक्त ८.४ लाख शेयर पनि समावेश छन्, जसले प्रस्तावित शेयर संख्यामा करिब ८.४ प्रतिशतले वृद्धि गर्‍यो।

लिस्टिंग मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२ प्रतिशत कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन्। सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको ट्रेड बुधबारबाट सुरु हुनेछन्।

यो वर्ष हङकङमा सूचीकृत भएका १ अर्ब डलरभन्दा बढी रकम उठाउने यो आठौँ कम्पनी हो। हङकङमा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सले अनुमान गरेको २६ अर्ब डलरभन्दा बढी भइसकेको छ।

सेरेसको स्थापना सन् १९८६ मा भएको हो। सुरूमा यसले स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः यसले आफूलाई इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गर्‍यो। हुवाएसँगको साझेदारी सेरेसका लागि महत्वपूर्ण मोड साबित हुँदैछ।

ब्लूमबर्गका अनुसार विश्लेषकहरूको अनुमानमा, यस वर्ष सेरेसको नाफा ७२५ ले बढेर १०.२ अर्ब युआनको रेकर्डसम्म पुग्ने अपेक्षा छ।

सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका छन्।

सिफारिस