बक्यौताको पहिलो किस्ता तिरेपछि ‘त्रिवेणी सिन्थेटिक’को विद्युत् लाइन पुनः जडान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बारा (पर्सा) औद्योगिक करिडोरमा रहेको त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गर्दा लाग्ने प्रिमियम महसुलको बक्यौता तिरेको छ । बिहीबार पहिलो किस्ता बुझाएपछि ४ कात्तिकमा काटिएको त्रिवेणी सिन्थेटिकको विद्युत् लाइन सोही दिन साँझ पुनः जडान गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, उक्त कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको पहिलो किस्ता बुझाएको हो ।

त्रिवेणी सिन्थेटिकले तिर्नुपर्ने कुल बक्यौता रकम चार करोड ३९ लाख ८३ हजार रुपैयाँ रहेको र सो रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ ।

तीमध्ये पहिलो किस्ताका रूपमा कम्पनीले १५ लाख ७१ हजार रुपैयाँ बुझाएको हो ।

सिफारिस